कृष्णभूषण बल सिर्जना पुरस्कार तीन स्रष्टालाई !

नेपालखोज २०७९ पुष २६ गते १०:२६

काठमाडाैं । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले, २०७८ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारीलाई प्रदान गर्ने भएको छ । तीसको दशकदेखि नेपाली साहित्यको कविता र गीत विधामा दिएको योगदानका लागि अधिकारीलाई उक्त पुरस्कार दिइने निर्णय गरिएको हो । यो पुरस्कारको राशि पचीस हजार छ ।

यस अघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ र विष्णुविभु घिमिरे पुरस्कृत भइसक्नु भएको छ । यसै गरी २०७८सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान ,कवि सुधा एम राई (सिक्किम) र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई प्रदान गरिने भएको छ ।

नेपाली कविता विधामा दिएका योगदानका लागि कवि सुधा र युवाकवि रोशनलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने निर्णय गरिएको हो । यो पुरस्कारबाट यस अघि कविहरू कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल, डा. गीता त्रिपाठी सगुन सुसारा पुरस्कृत भैसकेका छ्न् । सम्मान र पुरस्कारको राशि जनही क्रमशः पन्द्रह हजार र एघार हजार रुपैयाँ छ ।

तिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको समुपस्थिति तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । यी पुरस्कार आगामी फागुन २० गते विराटनगरमा समर्पण गरिने बताइएको छ ।

प्रतिक्रिया