लिला गिरी बने लुम्बिनीको मुख्यमन्त्री
नेपालखोज
२०७९ पुष २७ गते १५:४४

काठमाण्डौं । नेकपा एमाले संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । दाबी पेश गरेका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मूख्यमन्त्री नियुक्त गरेका हुन् ।
गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए ।
गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ ।
सम्बन्धित
प्रतिक्रिया