हिराबेनको ‘सादा जीवन, उच्च विचार’बारे चर्चा
काठमाण्डौं । फ्रेण्डस अफ बिजेपीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको १३ औं दिनको पुन्यतीथिको अवसरमा शोकसभाको आयोजना गरेको छ ।
बुधबार काठमाण्डौंको मैतिदेवी स्थित लड बुद्ध एजुकेशन फाउण्डेशनमा आयोजित शोकसभामा उपस्थित फ्रेण्डस अफ बिजेपीका सदस्यहरुले दिवंगत हिराबेनको तस्बिरमा माल्र्यापण गर्दै दिवंगत हिराबेनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । शोकसभामा पुगेकाहरुले हिराबेनले जीवनभर आत्मसाथ गरेको ‘सादा जीवन उच्च विचार’को प्रशंसा गरेका थिए ।
भारतमा नोटबन्दी गरेको बेला लाइनमा बसि बैँकबाट नोट साट्ने र कोभिड महामारीको समयमा भारत सरकारको आब्हानमा भ्याक्सिन लगाउन गएको दृष्यले हिराबेनको सादा जीवनलाई अझ स्मरणयोग्य र प्रेरणादायी बनाएको बारे चर्चा गरिएको थियो ।
पुस १३ मा स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको हिराबेनको १०० वर्षको उमेरमा पुस १५ मा निधन भएको थियो ।
प्रतिक्रिया