विष्णु खत्रीको ल्याए ‘केशमा फुर्के रिवन’ (भिडियो)
काठमाण्डौं । ‘सम्झनाले गिद्धि नी हल्लाउँछ, खाना खाँदा घाँटीमा गल्लाउँछ’ यो टुक्का विष्णु खत्रीको नयाँ गीत ‘केशमा फुर्के रिवन’मा समाबेश छ । लोक क्षेत्रमा शब्द, भाका र स्वरको त्रिवेणी मानिएका सर्जक तथा गायक खत्रीको सृजनामा तयार भएको पछिल्लो गीतमा सुनिता बुढा क्षेत्रीले महिला गायनमा साथ दिएकी छिन् ।
कृष्ण केसीको एरेन्ज रहेको गीतलाई सुमधुर क्रियशनले उत्पादन गरेको हो । विष्णु खत्रीको अफिसियल यूटुवमार्फत विहिबार सार्वजनिक गरिएको गीत स्लो लोक लयमा आधारित छ । माया गर्ने नपाएको विरही गाथालाई गीतको कथा बनाइएको छ ।
स्टुडियो प्रो वान एचडिमा खिचिएको गीतको भिडियोमा करण चैसिरले क्यामरा चलाएका छन् । विष्णु खत्रीकै निर्देशनमा तयार भएको भिडियोलाई जनता डिजिटल फिल्मस्ले पोष्ट प्रोडक्सन गरेको हो । जमानामा ‘अन्तरजातीय विहे’, ‘भरिया दाई’, ‘किसानी दाई’, ‘जाम्मु कास्मिर’, ‘मुस्ताङ लेतेमा’ जस्ता गीत हिट प्रस्तुत गरेका खत्रीले ब्याक टु ब्याक गीत सार्वजनिक गरिरहेका छन् ।
दुई हप्ताअघि मात्र बाल गायिका कल्पना विष्टको स्वरमा ‘गैरी खेतमा कुलो’ल्याएका उनले ‘गल्कोटमा बग्यो दरम’, ‘मान्छेको स्वभाव’, ‘आधा शरिर’, ‘पुर्णिमाको रात’, ‘उडि जाने जहाज’, ‘बर्खामास’ लगायतका गीत पछिल्लो समय प्रस्तुत गरेका छन् । ७ महिना अघि सार्वजनिक गरिएको ‘परान बाँकी छ’बोलको गीतले इतिहास रच्यो । यो गीत खत्रीको सांगीतिक करियरमै करोड क्लबको स्वाद चखाउने सृजना बन्यो ।
बाल कलाकार सुप्रिम मल्ल र पुजा देवकोटाले गाएको सो गीतबाट खत्रीले गीतकार विधामा रारा म्यूजिक अवार्ड पाएका छन् । उनले लेखेका छन्, ‘जनताले दिलाएको अवार्ड, गायकको रुपमा धेरै अवार्ड हात पारे पनि गीतकारको रुपमा यो मेरो पहिलो अवार्ड हो । यस्ले मलाई गीत लेखनमा पनि अझै थप हौसला मिलेको छ ।’
प्रतिक्रिया