बुधबार, वैशाख १२, २०८१

चौबीस घण्टामा ५३ संक्रमित, ८४ जना निको

नेपालखोज २०७९ असोज १० गते १४:४२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ५३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शुन्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा र १ हजार ७९९ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८४ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार १७८ पुगेको छ ।

प्रतिक्रिया