सोमबार, वैशाख १५, २०८२

समिक्षाले रिसाउँदै लेखिन्-मुख र मलद्धार चिन

नेपालखोज २०७९ पुष २८ गते १४:५२

काठमाण्डौं । गायिका समिक्षा अधिकारीले आफ्ना आलोचकलाई लक्षित गर्दै स्टाटस लेखेकी छिन् । बिहीबार दिउँसो अपलोड स्टाटसमा मुख र मलद्धार चिन्न आग्रह गरेकी छिन् । मलद्धारले मात्रै गन्हाउने आवाज निकाल्ने भन्दै मुखले अर्थपूर्ण बोल्न आग्रह गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘ बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ ।’ उनी थप्छिन्, ‘मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’

नायक पल शाहलाई फसाएको आरोपमा उनलाई सामाजिक सञ्जालमा अमानवीय आलोचना र टिप्पणी हुँदै आएको छ । आफ्नो आलोचना नरोकिएपछि उनले सामाजिक सञ्जालमा सन्देशसहितको स्टाटस लेखेकी हुन् ।

प्रतिक्रिया