स्ववियु चुनाव चैत ५ मा
नेपालखोज
२०७९ पुष २८ गते १७:२८

काठमाडौं । विद्यार्थी कल्याण परिषद्ले सिफारिस गरिएको मितिमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ । परिषद्ले चैत ५ मा चुनाव गर्न सिफारिस गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को पुस २२ को निर्णय अनुसार चैत ५ गतेलाई निर्वाचनको मिति तोकिएको त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ । महाशाखाले चुनावको पूर्वतयारी गर्न गराउन समेत आग्रह गरेको छ ।
२०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु चुनाव १४ वर्षपछि हुन लागेको हो । यो चुनावसँगै त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।
सम्बन्धित
प्रतिक्रिया