शनिबार, असार १४, २०८२

आजपा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

नेपालखोज २०७९ पुष २८ गते १७:४४

काठमाडौ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ ।

नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । यादवका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसंग एकताको अभियानमा आजपा लागेको हो ।

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै पार्टी गठन गरेका हुन् ।

प्रतिक्रिया