सोमबार, असोज २८, २०८१

राजेन्द्र राईले छाडे सरकारी निवास

नेपालखोज २०७९ पुष २८ गते १८:०१

काठमाण्डौं । प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छाडेका छन् । उनले १४ महिना ९ दिन मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले ।

एमालेका हिक्मत कार्की मुख्यमन्त्री भएको चौथो दिनमा राई बिदा भएका हुन् । उनी २०७८ कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले सरकारी सेवा सुविधा मुख्यमन्त्रीबाट बिदा भएको क्षणबाटै लिन छाडेको पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया