बिहीबार, वैशाख २०, २०८१

मानव बसोबास योग्य क्षेत्रमा अर्को ग्रह फेला पर्यो

नेपालखोज २०७९ पुष २९ गते ९:५०

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले हाम्रो पृथ्वीसँग मिल्दोजुल्दो अर्को ग्रह पत्ता लगाएको छ । यो ग्रह सौर्यमण्डलमा करिब १०० प्रकाश वर्ष टाढा घुमिरहेको छ। नासाले यसलाई टि ०१ ७०० इ (TOI 700 e )नाम दिएको छ।

यो चट्टानी ग्रह हो, जसको आकार पृथ्वीको करिब ९५ प्रतिशत छ। जुन प्रणालीमा यो नयाँ ग्रह फेला परेको छ, नासाले यसअघि टि ०१ ७०० इ बी, सी, डी भनिने तीनवटा ग्रह पनि पत्ता लगाएको थियो । टी ०१ डी पनि बसोबास योग्य क्षेत्रमा छ र नासाले यो ग्रह सन् २०२० मा पत्ता लगाएको थियो ।

यो पनि पृथ्वी जत्रै आकारको छ। यी दुबै एक्सोप्लानेट बसोबास योग्य क्षेत्रमा वा ताराको सही दूरीमा अवस्थित छन् र तिनको सतहमा पानी हुन सक्ने सम्भावना छ । तरल पानी हुनुको सम्भावनाले यो ग्रहमा जीवन सम्भव हुन सक्छ वा यो कुनै समय बस्न योग्य थियो भन्ने संकेत मिल्छ ।

प्रतिक्रिया