बुधबार, वैशाख २६, २०८१

प्रदेश १ : मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

नेपालखोज २०७९ पुष २९ गते १९:२८

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।

९३ सांसद रहेको प्रदेशसभामा कार्कीले ५९ मत पाएका हुन् भने उनको विपक्षमा ३२ मत खसेको छ । कांग्रेसका एकजना सांसद उपस्थित थिएनन् ।

गठबन्धनमा आबद्ध ४ दलका ६० सांसदको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया