मंगलबार, असार २४, २०८२

फ्रान्सका बर्नार्ड अर्नाल्ट बने विश्वकै धनी

नेपालखोज २०७९ पुष ३० गते ८:१९


फ्रान्सका बर्नार्ड अर्नाल्ट विश्वका धनीहरुको सूचीको पहिलो स्थानमा छन् । उनको कुल सम्पत्ति १८४ बिलियन डलर छ । यो वर्ष उनको धन २१.६ अर्ब डलरले बढेको छ । टेस्लाका सीईओ एलोन मस्क यो सूचीको दोस्रो स्थानमा छन् । उनको कुल सम्पत्ति अहिले १३२ बिलियन डलर छ ।

उनको सम्पत्ति नोभेम्बर २०२१ मा ३४० अर्ब डलर पुगेको थियो तर त्यसयता त्यसमा २०० बिलियन डलरभन्दा बढीले कमि आएको छ । यो सूचीमा वारेन बफेट तेस्रो, गौतम अडानी चौथो, बिल गेट्स पाँचौं, ल्यारी एलिसन छैटौं, स्टिभ बाल्मर सातौं तथा ल्यारी पेज आठौं नम्बरमा छन् ।

अदानी समूहका अध्यक्ष तथा एशियाकै सबैभन्दा ठूला बिजिनेस टाइकुन गौतम अडानी विश्वका धनीहरुको सूचीको चौथो नम्बरमा पुगेका छन् । अमेजनका संस्थापक जेफ बेजोस उनीभन्दा पछाडि थिए तर एक दिनमै जेफ बेजोसले अडानीलाई पछाडि पारे । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार शुक्रबार अडानी फेरि यो सूचीको तेस्रो नम्बरबाट चौथो नम्बरमा झरे ।

बेजोसको कुल सम्पत्ति ६९८ मिलियनले बढेको छ । योसँगै उनी ११९ अर्ब डलरको सम्पत्तिसहित धनीहरूको सूचीको तेस्रो नम्बरमा पुगेका हुन । अर्कातर्फ, अडानीको कुल सम्पत्ति ११८ बिलियन डलर छ ।

गत वर्ष अडानीको नेटवर्थमा ४४ अर्ब डलरको वृद्धि भएको थियो । उनी विश्वका धनीहरूको सूचीको तेस्रो नम्बरमा पुगेका थिए र यो स्थान हासिल गर्ने एसियाका पहिलो व्यक्ति थिए । यो वर्षको कुरा गर्दा अडानीको कुल सम्पत्ति १.७५ बिलियन डलरले घटेको छ भने बेजोसको सम्पत्ति ११.५ बिलियन डलरले बढेको छ ।

एशियाका दोस्रो ठूला अर्बपति मुकेश अम्बानीको कुल सम्पत्ति १.८८ अर्ब डलरले घटेको छ । उनी ८५.७ बिलियन डलरको सम्पत्तिका साथ धनीहरूको सूचीको आठौं नम्बरमा छन् ।

प्रतिक्रिया