सोमबार, वैशाख १५, २०८२

भिमार्जुन आचार्यलाई मनपर्ने दुई गीत

नेपालखोज २०७९ पुष ३० गते ८:५५

काठमाण्डौं । भिमार्जुन आचार्य मूलत संविधानविद् हुन् । तर, उनको परिचय यतिमा सिमित छैन् । उनी संगीतकर्मी पनि हुन् । गीतकार मात्रै हैनन् उनी । आचार्य संगीतकार र गायक पनि हुन् । उनले सृजना गरेका र गाएका दर्जनौ सुमधुर गीत डिजिटल प्लेटफर्ममा भेट्न सकिन्छ ।

‘हिमालका कुरा गर’, ‘सबैले देशबाट’, ‘मौनताको शहर’, ‘फूललाई दुख्यो होला’ जस्ता दर्जनौ गीत सार्वजनिक छन् । उनै संगीतकर्मी आचार्यलाई दुईटा गीत असाध्यै मनपर्छ । नारायण गोपालको ‘अल्झेछ क्यारे पछ्यौरी’बोलको सदाबहार गीत औधि मनपर्छ । अर्को आफ्नै गीत, ‘सबैले देशबाट’ । यी दुई आचार्यलाई मनपर्ने गीत हुन् ।

पछिल्लो एक टेलिभिजन अन्तरवार्तामा संविधानविद् आचार्यले मनपर्ने दुई गीतको नाम लिएका छन् । ¥यापिटफायरमा सोधिएको अन्तिम प्रश्नमा मनपर्ने गीतको बारेमा सोधिएको थियो । जवाफमा आचार्यले शुरुमा नारायण गोपालको गीत ‘अल्झेछ क्यारे पछ्यौरी’को नाम लिएका छन् ।

प्रस्तोताले कार्यक्रम बिट मार्नै खोज्दा उनले आफ्नो गीतपनि औधि मनपर्ने बताएका छन् । त्यो गीत हो, ‘सबैले देशबाट’ । जुन डिजिटल प्लेटफर्ममा सुन्न/हेर्न पाइन्छ ।

प्रतिक्रिया