सोमबार, असार २३, २०८२

१८ दिनदेखि बेपत्ता बालकको पुरिएको अवस्थामा शव फेला

नेपालखोज २०७९ पुष ३० गते १३:२२

काठमाण्डौं । १८ दिन देखि बेपत्ता भएका डडेल्धुराका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ । आलीताल गाउँपालिका–८ डाँडाखर्कका बालक बोहोराको शव प्रहरीले शङ्कास्पद स्थल उत्खनन गरेर निकालेको हो ।

बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । परिवारले बालक हराएको नबताएपछि पुस २७ गते मात्र स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका थिए । स्थानीयको भनाइपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले सोही अनुसार अनुसन्धान गरेर शंकास्पदस्थलको उत्खनन गर्दा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक निरीक्षक गङ्गादत्त बडूले जानकारी दिए ।

बालकका बुबा रोजगारीका लागि घर बाहिर छन् । घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन् । घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले दुबै आमालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया