प्रदेश १ को उपसभामुखमा एमालेकी दनुवार निर्वाचित
नेपालखोज
२०७९ पुष ३० गते १४:२३

काठमाडाैं । प्रदेश नं १ को प्रदेशसभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् । शनिबार प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् ।
दनुवारले ५७ मत प्राप्त गर्दा कांग्रेसकी राईले ३३ मत मात्र प्राप्त गरिन् । कुल ९३ सांसद रहेको प्रदेश १ सभामा उपसभामुखको निर्वाचनका लागि सभामुखबाहेक ९० सांसदले मतदान गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया