गण्डकी : सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित
नेपालखोज
२०७९ पुष ३० गते १६:४९

काठमाडाैं । गण्डकी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । आज भएको मतदानमा कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत मात्रै पाएकी थिइन् । मतदानमा ५८ सांसद सहभागी थिए ।
सम्बन्धित
प्रतिक्रिया