मुख्यमन्त्री अधिकारीले भने, ‘उद्धार कार्य चलिरहेको छ’
नेपालखोज
२०७९ माघ १ गते १२:२१

काठमाण्डौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीदे उद्धार कार्य तिब्र रुपमा चलिरहेको बताएका छन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले उद्धार कार्यमा कमी हुन नदिएको बताए । उनी दुर्घटनास्थल पुगेर भर्खर फर्किए ।
काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा नजिक दुर्घटना भएको हो । चार चालक दलसहित ७२ जना सवार यती एयरलाइन्सको एएनसी एटीआर ७२ विमान दुर्घटनामा परेका यात्रुको शव निकाल्ने काम भएको छ ।
प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले भने, ‘शव निकाल्ने काम भइरहेको छ । अहिलेसम्म ३० जनाको शव निकालियो । अन्यको खोजी भईहरेको छ ।’उनका अनुसार जिवित यात्रु भेटिने संभावना निकै कम छ ।
सम्बन्धित
प्रतिक्रिया