उच्च पहाडी तथा हिमाली पहाडी भेगमा हिमपातको सम्भावना

नेपालखोज २०७९ माघ २ गते ६:२५

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको तथा देशको तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ भने देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकबो छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया