उच्चस्तरीय संयन्त्रको बैठक आज बस्ने

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजका लागि बोलाइएको छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो ।
संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउने छ । स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या करिब टुंगिएको छ । साँझ बस्ने बैठकले मन्त्रालय अन्तिम रुप दिने लगाउने नेताहरु बताउँछन् ।
एक मन्त्री लिएर लोसपा सरकारमा सहभागी बन्ने तयारी गरेको छ । स्रोतका अनुसार ८ मन्त्री र दुई राज्यमन्त्री एमालेले पाउनेछ । माओवादी केन्द्रले ४ मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको छ ।
रास्वपाले ३ मन्त्रालय, राप्रपा र जसपालाई २/२ मन्त्रालय, जनमत, नागरिक उन्मुक्ति एक/एक मन्त्रालय दिने गरि प्रारम्भिक सहमति भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयगत भागबण्डा संयन्त्रको वैठकले टुंगो लगाउने बताए ।
प्रतिक्रिया