रविलाई मन्त्री छान्ने जिम्मा
नेपालखोज
२०७९ माघ २ गते २०:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी बन्ने मन्त्री छान्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।
रास्वपाको सोमबार बसेको संसदीय दलको भर्चुअल बैठकले विज्ञता हेरेर मन्त्री छान्ने अधिकार सभापति लामिछानेलाई दिएको हो ।
पार्टीका तर्फबाट सत्ता साझेदार दलहरुसँग छलफल गर्ने व्यक्ति पनि सभापति भएकाले मन्त्री छान्ने अधिकार दिइएको रास्वपाका केन्द्रीय सदस्य सोबिता गौतमले जानकारी दिइन् । लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् ।
जान्नेलाई छान्ने नारा सहित स्थापित दलले पाउने मन्त्रालय अनुसार निर्वाचित सांसदबाट विज्ञताको आधारमा मन्त्री बनाउने तयारी गरिएको छ ।
रास्वपाले जम्मा ३ वटा मन्त्रालय पाउने सम्भावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया