सोमबार, असार २३, २०८२

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ २ गते २२:३५

मन्त्रालय भागवण्डा टुंगियो, मन्त्रिपरिषद् विस्तार मंगलबार १ बजे ।

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाको शव आफन्तलाई बुझाउन थालियो ।

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो ।

निर्मला पन्त प्रकरणमा ५ जनाको डीएनए संकलन ।

जुम्ला जिप दुर्घटना हुँदा एकको मृत्यु, १५ जना घाइते ।

कपिलवस्तु वाणगंगास्थित खिचडी महोत्सवमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, दुईजना घाइते ।

काठमाडौंको चोभारस्थित पुलबाट बागमती नदीमा कार खस्दा दुईजना बेपत्ता ।

विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल शङ्कास्पद अवस्थामा मृत फेला ।

कांग्रेसको बागमती प्रदेशस्थित संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले चयन ।

लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल उम्मेदवारी, उपसभामुखमा ३ जना उम्मेदवार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी बन्ने मन्त्री छान्ने अधिकार सभापति रवि लामिछानेलाई दियो ।

बुढा सुब्बा फुटवल प्रतियोगिताको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने ।

अफगानिस्तानमा चिसोका कारण २० जनाको मृत्यु ।

प्रतिक्रिया