जीवनमा सफलता प्राप्त गर्न भुल्न नहुने ६ कुरा

नेपालखोज २०७९ माघ ३ गते ७:२५

चाणक्य नीति शिक्षालाई जीवनमा सर्वाधिक महत्त्वपूर्ण मानिन्छ । जो सँग ज्ञानका रूपमा धन हुन्छ, उसले सधैं कर्मद्वारा ऐश्वर्य र समृद्धि प्राप्त गर्छ र आफ्नो परिवारको नाम उच्च तुल्याउँछ । आचार्य चाणक्यको यो उपदेशलाई अपनाएर धेरै युवाहरूले सही मार्ग अपनाएका छन् । आचार्य चाणक्यले दिएको उपदेश पालन गरेर जीवन बिताउनेहरू सधैं सफल हुन्छन् । चाणक्य नीति धेरै ठूला संस्थाहरूमा महत्त्वपूर्ण पाठका रूपमा पढिन्छ – सुनिन्छ ।

चाणक्य नीतिमा यस्ता धेरै कुराहरू बताइएका छन्, जसलाई ध्यानमा राखेर व्यक्ति बिना अबरोध सफलतातर्फ अगाडि बढ्न सक्छ। यसै क्रममा आचार्य चाणक्यले सफलताका लागि मानिसले बारम्बार मनन गर्नुपर्ने ६ वटा विषय अथवा कुरा बताएका छन । कः कालः कानि मित्राणि को देशः को व्ययागमोः ।

कस्याहं का च मे शक्तिरिति चिन्त्यं मुहुर्मुहुः । अर्थ : सधैं मनन गर्नुपर्ने ति छवटा विषय हुन – समय काल कस्तो छ ? मेरो साथी को हो ? म बसेको स्थान कस्तो छ ? मेरो आम्दानी र व्ययको स्रोत के हो ? म को हुँ र मेरो शक्ति के हो ? यी सबै विषयमा पटक–पटक ध्यान पुर्याउनु पर्छ । यसमा आचार्य चाणक्यले समयलाई निकै मूल्यवान बताउनुभएको छ । जो मानिस समयको सही पालना गर्छ, उ सधै सफल हुन्छ ।

दोस्रो बिषय हो – साथीभाई । जो मानिस असल मित्रको संगतमा रहन्छ, उसलाई कुनै पनि दुष्ट शक्तिले नियन्त्रण गर्न सक्दैन । आचार्य चाणक्यले स्थानलाई पनि महत्त्वपूर्ण बताउनुभएको छ । सधैं आफू बसेको ठाउँको उन्नतिका लागि सोच्ने व्यक्ति नै सर्वश्रेष्ठ हुन्छ। यसका साथसाथै मानिसले सही बाटोमा हिँडेर कसरि आम्दानी गर्ने भन्ने कुरा सोच्नुपर्छ र खर्च सहि ठाउँमा गर्नुपर्छ । अन्तमा, उहाँले आफु को हुँ र आफ्नो शक्ति के हो चिन्नुपर्ने कुरा बताउनुभएको छ । जसले आत्मनिरीक्षण गरेर आफूलाई चिन्छ, उसले नै आफ्नो शक्तिको उचित प्रयोग गर्छ ।

प्रतिक्रिया