सोमबार, असार २३, २०८२

लुम्बिनीको सभामुखमा घर्ती निर्विरोध, उपसभामुखको निर्वाचन हुँदै

नेपालखोज २०७९ माघ ३ गते ९:३५

काठमाण्डौं । लुम्बिनी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध भएका छन् । एकल मनोयन दर्ता भएकोले उनी सभामुखमा निर्विरोध भएका हुन् ।

मंगलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ । उपसभामुखका लागि नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा(१) र लुम्बिन प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयन हुन लागेको हो ।

प्रतिक्रिया