तेस्रो पटकमा सुदूरपश्चिम प्रदेशसभाले पायाे सभामुख, सत्ता गठबन्धनका भण्डारी निर्वाचित
नेपालखोज
२०७९ माघ ३ गते ११:५२

काठमाडाैं । सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।
सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।
आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए । भण्डारीको पक्षमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले मत दिएका थिए । यस अघि लगातार २ पटक सम्म बहुमत नपाएर सभामुख निर्वाचित हुन नसकेको सुदूरपश्चिममा तेस्रो पटकमा भण्डारी निर्वाचित भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया