नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली
नेपालखोज
२०७९ माघ ३ गते १५:०६

काठमाण्डौं । रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गरेका छन् ।
उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वागत गरे ।
नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाए ।
क्षामन्त्रालयलाई राष्ट्रको समग्रहित, रक्षा, प्रतिरक्षा तथा नेपाली सेनासम्बन्धी कानुन, नीति, तर्जूमा, अनुगमन, निर्देशन, वार्षिक कार्यक्रम र बजेट तर्जूको जिम्मेवारी छ ।
मन्त्रालयमा चार वटा महाशाखा र ८३ कर्मचारीको दरबन्दी छ ।
सम्बन्धित
प्रतिक्रिया