ओलीका विश्वासपत्र घिमिरे सभामुखमा उम्मेदवार दिँदै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना अति विश्वासीपत्रलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका छन् ।
पार्टीका एक प्रकारले एकल निर्णय लाद्दै आइरहेका अध्यक्ष ओलीले उनको गृह जिल्ला झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद देवराज घिमिरेलाई सत्ता गठबन्धनको तर्फबाट सभामुख पदमा उम्मेदवार बनाउने भएको छ ।
घिमिरे उम्मेदवारी दर्ता गराउने तयारी लागेका छन् । संघीय संसद् सचिवालयले बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
संघीय संसद सचिवालयले सभामुख उम्मेदवारी दर्ताका लागि आजको समय सिमा दिएपछि गठबन्धनबाट एमालेले घिमिरेलाई सभामुखको उम्मेदवारी बनाउन लागेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए । घिमिरे एमाले प्रदेश १ का इन्चार्जसमेत हुन् ।
यसअघिसम्म सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्माको चर्चा हुँदै आएको थियो । तर एकाएक चर्चामा नरहेका घिमिरे सभामुख पदका लागि उम्मेदवार दिन ‘योग्य’ बनेका छन् । विश्वकर्मा, गुरूङ प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
घिमिरे एमालेभित्र ‘ओलीभक्त’को रुपमा चिनिन्छन् । उम्मेदवार बनाउँदा ओलीले कसैसँग पनि खुलेर छलफल नगरेको भन्दै नेताहरुबीच खटपट सुरु भएको एक नेताले बताए ।
प्रतिक्रिया