शुक्रबार, असार १३, २०८२

सभामुखमा कांग्रेस नेत्री न्यौपानेको मनोनयन दर्ता

नेपालखोज २०७९ माघ ४ गते १६:३७

काठमाण्डौं । प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छिन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला छन् ।

यसअघि सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।

प्रतिक्रिया