‘विदेशी प्रतिनिधिलाई मन्त्रीले भेट्दा मन्त्रालयका कर्मचारी अनिवार्य’

काठमाडाैं । सरकाले विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्रमन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेकाे छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्रमन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेकाे हाे ।
त्यस्तै बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५४० रूपैयाँ तोक्दै ढुवानी भाडा प्रतिक्विन्टल ७० रूपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ । विभूषण वितरण गर्ने सम्बन्धमा मापदण्ड तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । क्रसर उद्योगसँग सम्बन्धित समस्याका बारेमा बैठकमा छलफल भएको र थप अध्ययन गरी उपयुक्त निर्णयमा पुग्ने उनले बताए ।
सरकारको न्यूनतम साझा कार्याक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसँग सम्बन्धित कार्ययोजना बनाउन सात दिनको समय प्रदान गरिएको पौडेलले बताए । त्यस्तै बैठकले ऊर्जा मन्त्रालयका सचिवलाई भौतिक पूर्वाधार मन्त्रालय र भौतिकका सचिवलाई उर्जा मन्त्रालयमा सरुवा गरेको छ ।
प्रतिक्रिया