बिहीबार, जेठ २, २०८२

एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले उचाल्यो

नेपालखोज २०७९ माघ ४ गते २०:३३

काठमाण्डौं । भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ ।

एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको आजको फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद ४५ हजारसहितको उपाधि हात पारेको हो ।

खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा दोस्रो हुने किङ्ग्स क्रिकेट क्लबलाई सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतम र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मेडल तथा शिल्ड प्रदान गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा खेलको म्यान अफ द म्याच सागर थापा घोषित भए भने नवीन यादव, सुवास खत्रीले उत्कृष्ट बलरको उपाधि हात पारे ।

उपत्यकाका विभिन्न क्लबका आठ टिम सहभागी प्रतियोगिता युवालाई क्रिकेट खेलप्रति रुचि जगाउन र नेपालको नाम विश्वमा उच्चरूपमा राख्ने अभिप्रायले आयोजना गरेको आयोजक प्रमुख एवं १९ वर्षीय क्रिकेट खेलाडी सर्वोच्च बस्नेतले बताए ।

प्रतिक्रिया