शुक्रबार, वैशाख १४, २०८१

सुत्केरी महिलाको मृत्यु कोरोनाबाट नै भएको हो त ? पुष्टि गरिरहँदा संक्रमणको कारण पत्ता लगाउनु पर्दैन ?

नेपालखोज २०७७ जेठ ५ गते १५:५५

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पहिलो मृत्युको शुरुवात सिन्धुपाल्चोककी २९ वर्षिय सुत्केरीबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।

कोरोना संक्रमणको त्रासमा सरकारले लकडाउन शुरु गरेको करीव ५० दिन वितेपछि सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको सरकारी संस्थाले आधिकारीक रुपमा पुष्टि गरिसकेपछि त्यसलाई प्रश्न उठाउने ठाउँ नै छैन । किनकी सरकारी स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृत्यु भएको सार्वजनिक गरिसकेको छ ।

सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको भन्दै स्थानीय प्रशासनले मृतकका आफन्तहरुलाई श्रद्धाञ्जलीका लागि एक एक जना गरेर सामाजिक दुरी कायम गर्न निर्देशन दियो र शनिवार राती मृतक महिलाको पशुपतिमा रहेका विद्युत शवदाहगृहमा अन्त्येष्टि गरियो ।
कोरोना संक्रमित सुत्केरी महिलाको अत्येष्टि पछि कोरोनाका विषयमा केही जटिल प्रश्नहरु उब्जिएको छ ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो भन्दै विश्व स्वास्थ्य संगठनको नियमलाई नेपाल सरकारले पनि पालन गर्दै लकडाउन शुरु गरेको हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग भनिएको कोरोना लागेको महिलाले जन्माएकी शिशु, उनका श्रीमान तथा परिवारका ५ जनालाई कोरोना संक्रमण नभएको धुलिखेल अस्पतालले सार्वजनिक गरेको छ । यसले परिवारको सदस्यको मृत्युको अवस्थाको दुखको वीचमा पनि रोग संक्रमण नहुनु सुखद् कुरा भएको छ ।

फेरि पनि प्रश्न उठ्न सक्छ श्वासप्रश्वासको समस्याले अस्पतालमा ल्याउँदा ल्याउँदै मृत्यु भएकी महिला कोरोना कै संक्रमणले मृत्यु नभएको पनि हुन सक्थ्यो कि । हामीले हतारमा कोराना भएको पुष्टि ग¥यौ कि ? एक त सुत्केरी त्यसमा पनि श्वासप्रश्वासमा समस्या कोरोनाको संक्रमणको लक्षण हुन सक्ला त्यसको एउटा पाटो हो ।

कजजोर स्वास्थ्य भएका र रोगी मानिसलाई कोरोनाले मृत्युसम्म पु¥याउँछ भन्ने चिकित्सक र विश्व स्वास्थ्य संगठनलाई नै आधार मान्ने हो भने हामीले महिलाको श्वासप्रवाससँग सम्वन्धित अन्य रोगहरुको विश्लेषण परिक्षण किन गरेनौ ?

हुन त यो आलेख हतारमा लेखिएको पनि होइन । कतै हामी कोरोनाका नाममा अन्य रोगले मृत्यु भएका नागरिकलाई पनि कोरोना भन्दै पन्छाउने अवस्था नआओस भन्नका लागि मात्र हो । सुत्केरी महिलाको मृत्यु पश्चात उनको घर र माइती क्षेत्र लक गरिएको छ । जसबाट अन्यलाई संक्रमण सर्न नदिने सरकारले अपनाएको विधि अति उत्तम छ ।

तर, टोखामा डेरा गरी बस्ने ती महिला गर्भवती अवस्थामा राहत लिन पुगेको भनिएको छ । त्रि.त्रि शिषण अस्पतालको बार्डले सो वार्डमा त्यस अघि कुनै पनि संक्रमित भएको व्यक्ति उपचार नगराएको भनिरहँदा महिलालाई कोरोना कसरी भयो र मृत्यु भयो भन्ने यथार्थ अहिलेको परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान गरी सार्वजनिक गर्नु आवश्यक छ ।

ज्वरो आएको, रुघाखोकी लागेको वा श्वासप्रश्वासमा समस्या हुनासाथ कोरोना भन्ने र ती लक्षण देखिएका मानिसहरुको सहज उपचार पाउन नसकेर मृत्यु भयो भने कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्ने काम नहोस् ।

कोरोना रोगबाट मृत्यु भएको भए मृत्यु भएको व्यक्तिलाई कहाँबाट र कसरी संक्रमण भयो वा कोरोना संक्रमण देखिएपनि मृत्युका कारण हृदयघात, निमोनिया पनि हुन सक्ने भएकाले विस्तृत विवरण पश्चात मात्र कोरोनाको पुष्टि गर्ने हो भने जनताले त्रासबाट मुक्ति पाउँथे कि ?

प्रतिक्रिया