आइतबार, असार २२, २०८२

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ ४ गते २२:३६

उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ४० निर्धारण ।

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री रेखा शर्मालाई ।

पोखरा विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु ।

सभामुखमा एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको मनोनयन दर्ता ।

सभामुख पदका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न नेपाली कांग्रेसको ह्विप लगायो ।

महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ राजदूतको भेट ।

मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले पाए सतप्रतिशत सांसदको विश्वासको मत ।

जसपाले सभामुखबारे भोलि निर्णय गर्ने ।

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतकमा मनोनीत ।

केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिइन् ।

अब पूर्वको पशुपति भनेर परिचित हलेसी महादेवस्थान गाइडको साथमा घुम्न पाइने ।

प्रतिक्रिया