थारु संस्कृति जोगाउन भैरहवामा माघ महोत्सव

काठमाडाैं । थारु संस्कृति, वेशभूषा, खानपिन जोगाउने उद्देश्यसहित भैरहवामा ‘२६४७ औँ थारु लवा वर्ष एवं माघ महोत्सव’ आयोजना हुने भएको छ ।
थारुहरूको नयाँ वर्षको अवसरमा माघ पर्व (खिचडी) महोत्सव माघ ७ गते हुने आयोजकले जानकारी दिएको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देही तथा ओमसतिया गाउँपालिकाको सहआयोजनामा पडसरीमा कार्यक्रम हुने थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष शतिशकुमार चौधरीले जानकारी दिए ।
‘थारु भाषा, कला संस्कृति र पहिचान, न्याय समानता, अधिकारके सङ्घर्ष हम्मनके अभियान’ को मूल नारासहित थारुहरूले धुमधामका साथ थारु लवा वर्ष मनाउने उनले जानकारी दिए ।
गौतमबुद्ध पनि थारु समुदायकै भएको दाबीसहित थारुहरूको वर्षलाई गौतमबुद्धको जन्ममितिअनुसार २६४७ औँ वर्षको रूपमा लिइएको चौधरीले। उनले माघ १ गते माघी बनाइने भए पनि थारुको लागि माघ महिनाभरि उत्सवका रूपमा हुने। माघ महिनामै तत्कालीन समयमा थारुहरूले बडघर फेर्ने, ज्याला बढाउने, घरको दाजुभाइमा सरसल्लाहले छुट्टिनेलगायतका कारण माघ महिना नै महत्त्वपूर्ण रहेको चौधरीको भनाइ छ ।
आदिवासी थारु तराईको धर्तीपूत्रको रहे पनि उनीहरू जनसङ्ख्याको आधारमा अहिले पनि प्रतिनिधित्व नभएको हुँदा अब थारुहरू पनि आर्थिक कारोबार एवं राजनीतिलगायतमा सक्रिय हुने अवस्था आएको बनकाेभनाइ छ । महोत्सवले थारुहरूलाई अगाडि बढाउने अपेक्षा गरेको चौधरीले बताए ।
महोत्सवमा विशुद्ध थारु कार्यक्रमको आयोजना गरिने ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले। जिल्लाको विभिन्न भागमा रहेका थारु समुदाय आ–आफ्नो झाँकीसहित कार्यक्रमस्थल पुग्ने र कार्यक्रमस्थलमा थारु कलासंस्कृतिका महत्त्वपूर्ण कार्यक्रम आयोजना हुने उनले बताए ।
यसका साथै महोत्सवमा थारु परिकारका रूपमा परिचित घोङी, ढिकरी, रिकवच, माछालगायतका परिकार राखिने चौधरीले बताए । सोही दिन थारु कल्याणकारिणी सभाको सचिवालय भवन तथा थारु सङ्ग्रहालयको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको उनले बताए ।

प्रतिक्रिया