शुक्रबार, असार १३, २०८२

सदनमा ओलीले दिएका अभिव्यक्ति विरोधाभाषपूर्ण : नेता निधि

नेपालखोज २०७९ माघ ५ गते १४:०२

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर ४ को निर्वाचन सम्पन्न भएपछि बसेको संसद बैठकमा सत्ता पक्षका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएका अभिव्यक्ति विरोधाभाषपूर्ण हस्तक्षेपमूखि भएको आरोप लगाएका छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रे नेता निधिले ओलीले संसदमा दिएको अभिव्यक्तिले आम जनता पार्टीहरुसमेत झस्किएको बताए ।

नेता निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले संसद् र जनता नै झस्किएको दावी गरे । उनले फेरी विचमा नै संसद विगटन हुनेसक्ने अवस्थाको आकलन गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिदा कांग्रेस बाट ओली आफै झस्किन पुगेको पनि बताए । कांग्रेसको सरकारलाई समर्थन भएपछि एकलौटी गर्न नपाइने डर ओलीमा पलाएको उनको बताए ।

निभिले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले म नीति बनाउँछु सरकारले कार्यान्वयन गर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । सम्मानित व्यवस्थापिका र कार्यपालिका भन्दा माथि नीति बनाउने कुन स्थान र संयन्त्र छ । उहाँको यो अभिव्यक्तिले सदन झस्किएको छ, हामी झस्किएका छौ । जनता झस्किएका छन् ।’ नेता निधिले सर्वोच्चले व्याख्या गरिसकेका विषयमा पनि निर्देशनात्मक अभिव्यक्ति ओलीले दिइएको बताए ।

उनले ओलीले पहिलो दिनको संवोधनमा र विश्वासको मत दिने दिन संसद् विघटन प्रधानमन्त्रीको अधिकार हो प्रतिगमन होइन भनेर भनेको भनदै संविधान निर्माणका धेरै छलफलमा संसद् विघटन गर्न नपाइने प्रावधान राख्न सहमति भएर नै पटक पटक संसद विघटन हुने कुरालाइृ जानीबुझीकन यस्तो विषय राखिएको बताए ।

उनले त्यसलाई मान्दिन भनेर ओलीले गरिरहेको जिद्दिलाई जनआन्दोलनले गणतन्त्र ल्याउँछ भन्नु बयलगाढा चढेरअमेरिका जानु जस्तै भनेर दिएको अभिव्यक्तिसँग तुलना गरे । उनले ओलीको मनस्थिति बुझेर नै आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बलियो बनाएको बताए ।

प्रतिक्रिया