गृहमन्त्री भन्छन्- गलत गरेका मान्छे कोही पनि बाँकी रहँदैनन्
नेपालखोज
२०७९ माघ ५ गते १६:१९

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बन्धित गलत गरेका मान्छेहरु कोही पनि बाँकी नरहने बताएका छन् । हत्याका आरोपी एमाले सांसद लक्ष्मी कोइरीलाई किन पक्राउ नगरिएको भन्ने प्रश्नमा उपप्रधानमन्त्री लामिछानेले सो धारणा राखेका हुन् ।
गलत गरेको मान्छेहरुलाई तुरुन्त समात्न सक्ने मेकानिज्म कहीं न कहीं कमजोरी भएका कारण मानिसहरु लुकेका छन् । हराएका छन् । देखिएका छैनन्,’ उनले भने, ‘गलत गरेका मान्छेहरु कोही पनि बाँकी रहँदैनन् । होला, केही समय लुक्ने, भाग्ने, छल्ने, भेष बदल्ने । थाहा नपाउने भन्ने होला । प्रहरीले काम गरिरहेको छ । तपाईंहरुले थाहा पाउनुहुनेछ ।’
सम्बन्धित
प्रतिक्रिया