‘स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउनेछु’

नेपालखोज २०७९ माघ ५ गते १६:३८

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउने बताएका छन् । सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विगतबाट शिक्षा लिएर अघि बढ्ने बताए । उनले दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिने विश्वस्त पारे ।

प्रतिक्रिया