शुक्रबार, असार १३, २०८२

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुख बनाउने

नेपालखोज २०७९ माघ ६ गते ११:१८

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।शुक्रबार बिहान संसदीय दलको बैठकमा उक्त निर्णय भएको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए ।

मगरको मनोनयनमा साेबिता गौतम प्रस्तावक रहने पनि ढकालले जानकारी दिए । यसअघि गौतमलाई नै उपसभामुखको उम्मेदवार बनाउने बताइएको थियो ।

प्रतिक्रिया