शनिबार, असार २१, २०८२

गुणस्तरीय स्वास्थ्य सेवामा स्वास्थ्यमन्त्रीको ध्यान

नेपालखोज २०७९ माघ ६ गते १४:३१

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याइने बताएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलता साथ सम्पन्न गरेको अवसरमा आज आयोजित ‘प्रत्यारोपितहरुको बृहत् भेला’ लाई सम्बोधन गर्दै उनले मुलुकका विपन्न नागरिकले अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अहिलेको अवस्थालाई मध्यनजर गरी सरकारले सेवा दिने बताए ।

उनले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट वञ्चित हुनु नपर्ने अवस्थाका लागि सरकारले प्रयास गर्ने बताए । मन्त्री गिरीले केन्द्रले उच्चस्तरीय सुलभ चिकित्सा सेवा प्रदान गर्नाका साथै विपन्न र असहायलाई मिर्गौला, कलेजो र मुटु रोगीलाई प्रत्यारोपणदेखि डाइलासिससम्मको सेवा उपलब्ध गराउँदै आएकामा प्रशंसा गरे ।

मन्त्री गिरीले मानव अङ्ग प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले महत्वपूर्ण सेवा दिँदै आएको पनि उल्लेख गरे ।

प्रतिक्रिया