छिमेकीको भलो हुने गरी सरकारले विदेश नीति बनाउँछ : ओली

नेपालखोज २०७९ माघ ६ गते १४:५७

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गएको सरकारले छिमेकी मुलुकसँगको सम्बन्ध तनावपूर्ण बनाएकाले त्यसलाई सच्याएर वर्तमान सरकारले छिमेकी मुलुकको पनि भलो हुने गरी विदेश नीति बनाउन बबताएका छन् ।

नेकपा एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवा सरकारले एक देशसँग नजिक हुन अर्को देशसँगको सम्बन्धमा कृत्रिम रुपमा तनाव बढाएको बताए ।

उनले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएउँदै भने, ’छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भयो । अर्काको निम्ती त्यस्तो गरियो । गैरजिम्मेवार प्रवृत्ति देखा परे । हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएको देशमा धेरै खतरनाक हुन्छ ।’ ओलीले कुन देशकाविरुद्ध देउवाले त्यसो गरेको हो भन्ने उल्लेख नगरे पनि उनको आसय चीनतर्फ देखिएको थियो ।

ओलीले नेपालको भूमि कसैको प्रयोग गर्न नदिने र सैन्य रुपमा कतै संलग्न नहुने उल्लेख दावी गरे । नेपालमा कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरु राख्न नदिने उनको भनाइ थियो । ओलीले कसैको पनि राख्यो भने नेपालका लागि अहितकर हुन्छ भन्दै सार्वभौम सत्तामाथिको अतिक्रमण वा कुनै पनि सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता नगर्ने बताए । परस्परिक लाभ र सम्मानको आधारमा सम्बन्ध रखिने भन्दै ओलीले नेपालले विकासशील देशमा नेपाल स्तरोन्नति गर्ने निर्णय भएपनि पछिल्लो समयमा अर्थतन्त्रमा समस्या देखिएको बताए ।

ओलीले भने, ’हामी विकासशील स्तरोन्नति गर्ने निर्णय थियो । यो डेढ वर्षमा अर्थतन्त्र जसरी ओरालो लाग्यो, सूचकहरु डर लाग्यो जस्तो गरी ओरालो लागे, जस्तो कृत्रिम ढंगले महंगी वृद्धि भयो, युक्रेन युद्धको मात्रै कुरा होइन । युक्रेन युद्धलाई देखाएर आफ्नो असक्षमता र बदमासीलाई छोप्ने काम भयो । युक्रेन युद्ध हुँदैमा हाम्रो अर्थतन्त्र यति झर्नुपर्ने अवस्था हुँदैन । हाम्रो युद्धसँग जोडिएको होइन । पेट्रोलियम पदार्थको भाउ बढ्यो होला त्यसलाई कसरी समाधान गर्ने भनेर अन्तरिक रुपमा केही गर्नुपर्ने थियो होला त्यतातर्फ ध्यान दिइएन ।’

प्रतिक्रिया