‘मिडियाको हेडलाईन म बदल्न सक्दिनँ, जनताको लाइफलाईन बदल्छु’

काठमाडाैं । नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरिएको विषयमा आलोचना भएपछि गृहमन्त्री लामिछानेले सबैलाई समात्ने वाचा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै केही समय पर्खित आग्रह गरेका छन्।
गृहमन्त्री लामिछानेले भनेका छन, ‘पुराना ‘फरार’हरू समातिन्छ्न मात्र होइन, धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’
आफूले बोलेका शब्दशब्दको हेक्का रहेको जनाउँदै काम गरेर देखाउने बताएका छन्। ‘हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ,’ गृहमन्त्री लामिछानेले भनेका छन्, ‘मिडियाको हेडलाईन म बदल्न सक्दिनँ, तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दै छु।’
उनले काम गर्न केही समय लाग्ने बताएका छन्। त्यसका लागि केही समय पर्खिन पनि अनुरोध गरेका छन्। गृहमन्त्री लामिछानेले भनेका छन्, ‘धुलो धेरै छ, पुरानो छ। थोरै पर्खिनु चाहिँ पर्छ!’
प्रतिक्रिया