आइतबार, पुष ६, २०८२

महालक्ष्मी विकास बैंकको दोस्रो त्रैमासिक नाफा ३१ करोड ६० लाख

नेपालखोज २०७९ माघ ८ गते ९:२५

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ३१ करोड ६० लाख ४६ हजार एक सय ९६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ४५ करोड ६२ लाख ९२ हजार आठ सय नौं रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब एक करोड आठ लाख ८३ हजार दुई सय ६९ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ४७ अर्ब १९ करोड ८३ लाख चार हजार दुई सय ४० रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ९७ करोड ४३ लाख आठ हजार पाँच सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब चार करोड ४१ लाख ६१ हजार पाँच सय ९८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ वितरणयोग्य नाफा एक करोड सात लाख ८१ हजार नौं सय १२ रुपैंयाँ रहेको बैंकको स्प्रेड दर चार दशमलव ९८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ४२ अर्ब ८४ करोड ७७ लाख ४५ हजार चार सय ३५ रुपैंयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९१ करोड ३४ लाख पाँच हजार छ सय छ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८६ करोड २४ लाख ३४ हजार आठ सय ३६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ७५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया