आइतबार, पुष ६, २०८२

एभरेष्ट बैंकको दोस्रो त्रैमासिक नाफा एक अर्ब ५८ करोड

नेपालखोज २०७९ माघ ८ गते १२:००

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड ८० लाख तीन हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ८० अर्ब ७९ करोड २९ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५७ अर्ब ९२ करोड ७३ लाख ६२ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ६७ करोड दुई लाख ४५ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

वितरणयोग्य नाफा दुई अर्ब ८४ करोड ६९ लाख ६८ हजार रुपैंयाँ रहेको बैंकमा चार दशमलव ३८ प्रतिशत स्प्रेड दर रहेको छ ।गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख ८५ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ४८ करोड पाँच लाख २९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुई अर्ब १२ करोड ६९ लाख ६३ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर दुई दशमलव ७० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया