सिभिल बैंकको दोस्रो त्रैमासिक नाफा ६३ करोड ७० लाख

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६३ करोड ७० लाख २२ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ५० करोड ४० लाख एक हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौं अर्ब सात करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ९४ अर्ब ७१ करोड ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब आठ करोड १७ लाख ६३ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २५ करोड २२ लाख ५७ हजार रुपैंयाँ रहेको बैकको स्प्रेड दर भने चार प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ९४ अर्ब ४९ करोड नौं लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब दुई करोड ६९ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४६ करोड ७४ लाख ४९ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव शुन्य पाँच प्रतिशत रहेको थियो ।







प्रतिक्रिया