सिटिजन्स बैंक इन्टरनेशनलको दोस्रो त्रैमासिक नाफा ८४ करोड १३ लाख

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ८४ करोड १३ लाख ३३ हजार ४५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २३ करोड ९३ लाख ४९ हजार पाँच सय ५१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंँजी १४ अर्ब २० करोड नौं लाख ७४ हजार छ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा एक खर्ब ५९ अर्ब ४८ करोड १७ लाख ३५ हजार ४९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब ५७ करोड ९४ लाख ३६ हजार तीन सय १० रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ८४ करोड ५७ लाख ८७ हजार छ सय १२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने पाँच करोड ५७ लाख ९९ हजार सात सय ४१ रुपैंयाँ रहेको बैंकमा चार दशमलव ३१ प्रतिशत स्प्रेड दर रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ५२ अर्ब ८० करोड १४ लाख ९० हजार तीन सय ७१ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ३१ अर्ब ३४ करोड ४३ लाख २७ हजार ७९ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ३९ करोड २९ लाख ३२ हजार छ सय २३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ११ प्रतिशत रहेको थियो ।








प्रतिक्रिया