बुधबार, जेठ १, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गुरुङ पक्राउ

नेपालखोज २०७९ माघ ८ गते १०:२८

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी लोकमान गुरुङ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने २९ वर्षीय गुरुङलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७९ वैशाख ६ गतेको फैसलाले ८ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ छतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–१० बानेश्वर थापागाउँबाट पक्राउ गरेको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया