मन्त्री खानलाई उद्योग मन्त्रालय नै दिने प्रचण्डको आश्वासन
नेपालखोज
२०७९ माघ ८ गते २०:३६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै दिने आश्वासन दिएका छन् । उद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो ।
११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । तर खानले जिम्मेवारी सम्हालेका छैनन् । प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्री खानलाई बोलाएर छलफल गरेका थिए ।
आइतबार साँझ बसेको पार्टीको बैठकमा खानले गरेको ब्रिफिङअनुसार प्रधानमन्त्रीले छिट्टै सहमति अनुसारकै मन्त्रालय दिलाउने आश्वासन दिएका छन् ।
पूर्वसहमतिअनुसार उद्योग मन्त्रालय पाए सरकारमा सहभागितालाई निरन्तरता दिने नभए सरकार छाड्ने मुडमा जनमत पार्टी देखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया