गरिमा बिकास बैंकको दोस्रो त्रैमासिक नाफा ५१ करोड १० लाख

काठमाडौं । गरिमा बिकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ५१ करोड १० लाख १८ हजार नौ सय १० रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ४३ करोड ६१ लाख दुई हजार तीन सय २२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ७१ अर्ब ९६ करोड १८ लाख ८१ हजार सात सय ३० रुपैंयाँ निक्षेप संकलन गरी ५९ अर्ब ५८ करोड २४ लाख ६४ हजार छ सय ७३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५७ करोड ७७ लाख ६९ हजार एक सय ८७ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने २१ करोड ४९ लाख ३० हजार सात सय ८३ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६८ अर्ब ४१ करोड दुई लाख १२ हजार चार सय ४१ रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब चार करोड ६६ लाख ६१ हजार तीन सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १७ करोड ५० लाख ९७ हजार नौ सय एक रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।








प्रतिक्रिया