तीनवटा प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

नेपालखोज २०७९ माघ ९ गते ६:२१

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेकाे छ । त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया