मंगलबार, जेठ ८, २०८१

न्याय माग्दै सडक प्रदर्शनमा उत्रिएका ७ जना प्रहरीको नियन्त्रणमा

नेपालखोज २०७९ माघ ९ गते १६:०७

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्युको छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौं अगाडिबाट नागरिक आन्दोलनकर्मी रुबी खानसहितका केही पक्राउ परेका छन् ।

जिल्ला अदालत काठमाडौं अगाडिबाट आन्दोलनकर्मी र प्रहरीबीच झडप भएको थियो । झडपसँगै कुर्मीलाई बेपत्ता परिएको घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रिएकालाई पक्राउ गरिएको हो । ७ जना पक्राउ परेको बताइएको छ । २०७६ चैत १४ मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएपछि उनीहरू निरन्तर आन्दोलनमा छन् ।

प्रतिक्रिया