‘संगठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ’
नेपालखोज
२०७९ माघ ९ गते २०:१५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताएका छन् ।
पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उनले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए ।
उनले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिए । अध्यक्ष नेपालले सङ्गठनले नेपालमा रहेका मुस्लिम समुदायका अवस्था तथा उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया