बिहीबार, असार १२, २०८२

आज वागमती प्रदेश सरकारले पूर्णता पाउने

नेपालखोज २०७९ माघ ११ गते ८:०६

हेटौँडा । आज वागमती प्रदेश सरकारले पूर्णता पाउने भएको छ ।

१४ मन्त्रालय रहेको वागमतीमा ११ मन्त्रालयमा कायम राख्ने निर्णयसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

दिउँसो २ बजे सपथ ग्रहणको समय तोकिएको छ । त्यसअघि नै सत्ता साझेदार दलहरुले भागबण्डाअनुसारको मन्त्रालय सम्हाने मन्त्री छान्नेछन् ।

प्रदेश प्रमुखका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलले मन्त्रालय घटाउने सुझाव दिएको थियो ।

बागमती प्रदेशमा गत पुस २६ गते नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री निर्वाचित भएका थिए

प्रतिक्रिया